नेप्से कारोबारमा झण्डै तीन अर्बको गिरावट, परिसूचक पनि घट्यो
Read the full story at Nagarik News

नेप्से परिसूचकमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १।५७ अंक, फ्लोट इण्डेक्स ०.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ। नेप्सेसँगै बिहीबार कारोबार रकममा पनि बुधबारको तुलनामा झण्डै ३ अर्बले घटेको छ।
बिहीबार ३४९ स्टकको ४४ हजार ४१२ पटकको कारोबारमा ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँबराबरको १ करोड २३ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार ७ अर्ब ४३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो। कारोबारमा आएको १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य ५.०९ प्रतिशत र चिरख्वा हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको आँखु खोला जलविद्युत कम्पनीको १८ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
नेपाल पुनर्बीमा कम्पनीको साढे १४ करोड र घलेम्दी हाइड्रोको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ। १३ उपसमूहमध्ये बिहीबार एक उपसमूहको परिसूचक बढेको छ बाँकी सबै १२ उपसमूहको परिसूचक घटेको छ।
More politics
- ट्रम्पको रिपब्लिकन पार्टीको लज्जास्पद हारका पाँच कारणNepal Khabar
- न्यायाधीश भनेको ‘प्लेयर’ होइन, रेफ्री हो: बार अध्यक्ष मिश्रNepal Khabar
- नेपाल–भारत सम्बन्धमा स्पष्ट एजेन्डासहित जनता–जनताबीचको गहिरो सम्बन्ध झल्किनुपर्ने कूटनीतिज्ञहरूको भनाइNepal Khabar
- ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्युNepal Khabar
- प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखबाट लिए ‘ब्रिफिङ’Nepal Khabar
- म कमजोर धरातलमा उभिएको छैन, मेरो पक्षमा ढुक्कले बोल्नुहोस्: गगन थापाNepal Khabar