ट्रम्पको रिपब्लिकन पार्टीको लज्जास्पद हारका पाँच कारण
Read the full story at Nepal Khabar

अमेरिकामा हालै सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टीलाई पछि पार्दै विपक्षी डेमोक्र्याटिक पार्टी कंग्रेस (संसद्) का दुवै सदनमा बहुमत हासिल गरेका छन्। सामान्यतया यस्ता चुनावमा वर्तमान राष्ट्रपतिको पार्टीको प्रदर्शन कमजोर रहन्छ, तर रिपब्लिकन पार्टीको यो हारलाई फरक दृष्टिकोणबाट हेरिएको छ। अमेरिकी मतदाता घरायसी सामानको बढ्दो मूल्यसँग जुधिरहेका छन्। उनीहरूले यो असन्तुष्टि मध्यावनिध चुनावमा स्पष्ट रूपमा देखियो।
उत्तरी क्यारोलिनाका एक मतदाताले चुनावअघि बीबीसीसँग भनेका थिए, "पेट्रोलको मूल्य र किराना सामान सबै कुरा महँगो हुँदै गइरहेको छ। " तेल र ग्यासको मूल्यमा भएको वृद्धिका कारण पछिल्लो एक वर्षमा महँगी ३.७ प्रतिशत बढेको छ। सरकारी तथ्यांकअनुसार अक्टोबर सुरुमा अमेरिकामा डिजेलको औसत खुद्रा मूल्य रेकर्ड स्तरभन्दा थोरै कम थियो। सेप्टेम्बरमा यसको मूल्य प्रतिग्यालन ६.५२ डलर थियो।
मतदाता सर्वेक्षणको तथ्यांकका अनुसार १० मध्ये लगभग ८ मतदाता अर्थात् ७९ प्रतिशतले महँगीका कारण गत वर्ष आफू र आफ्ना परिवारले धेरै समस्या भोग्नुपरेको बताएका छन्। सर्वेक्षणमा सहभागी १० मध्ये ६ जनाभन्दा बढीले यसमा ट्रम्पलाई जिम्मेवार ठहर्याएका छन्। उनीहरूले भनेका छन्- सामान्यभन्दा बढी मूल्य राष्ट्रपतिको नीतिका कारण भएको हो। बढ्दो महँगीको एउटा प्रमुख कारण इरानसँगको युद्ध हो।
More politics
- न्यायाधीश भनेको ‘प्लेयर’ होइन, रेफ्री हो: बार अध्यक्ष मिश्रNepal Khabar
- नेपाल–भारत सम्बन्धमा स्पष्ट एजेन्डासहित जनता–जनताबीचको गहिरो सम्बन्ध झल्किनुपर्ने कूटनीतिज्ञहरूको भनाइNepal Khabar
- ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्युNepal Khabar
- प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखबाट लिए ‘ब्रिफिङ’Nepal Khabar
- म कमजोर धरातलमा उभिएको छैन, मेरो पक्षमा ढुक्कले बोल्नुहोस्: गगन थापाNepal Khabar
- लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुरको तेस्रो हारNepal Khabar