म कमजोर धरातलमा उभिएको छैन, मेरो पक्षमा ढुक्कले बोल्नुहोस्: गगन थापा
Read the full story at Nepal Khabar

नेपाली कांग्रेसका सभापति गगन थापाले कुनै कमजोर नैतिक धरातलमा नउभिएको बताएका छन्। बिहीबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै सभापति थापाले आफ्नो हात साफ रहेको बताए। 'ढुक्क हुनुहोस्९ म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा,तपाईंको साथी, तपाईंको सभापति- कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन,' उनले भने, 'मेरा हातहरू सफा छन्।
मेरा पक्षमा ढुक्कले बोल्नुहोस्। गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ। ' कांग्रेसको आधिकारिताबारे बिचौलिया इनम सापकोटाको बयानमा आर्थिक लेनदेनको विषय उठेकोमा थापाले एक सुकाको अनुचित लेनदेन नगरेको बताए।
'करोडको कुरा गर्छन्। नेपाली कांग्रेसको आधिकारिताको कानुनी लडाईँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, अनुचित काम गरेको छैन, भएको छैन। '
More politics
- ट्रम्पको रिपब्लिकन पार्टीको लज्जास्पद हारका पाँच कारणNepal Khabar
- न्यायाधीश भनेको ‘प्लेयर’ होइन, रेफ्री हो: बार अध्यक्ष मिश्रNepal Khabar
- नेपाल–भारत सम्बन्धमा स्पष्ट एजेन्डासहित जनता–जनताबीचको गहिरो सम्बन्ध झल्किनुपर्ने कूटनीतिज्ञहरूको भनाइNepal Khabar
- ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्युNepal Khabar
- प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखबाट लिए ‘ब्रिफिङ’Nepal Khabar
- लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुरको तेस्रो हारNepal Khabar