नेपाल–भारत सम्बन्धमा स्पष्ट एजेन्डासहित जनता–जनताबीचको गहिरो सम्बन्ध झल्किनुपर्ने कूटनीतिज्ञहरूको भनाइ
Read the full story at Nepal Khabar

नेपाल विश्व सम्बन्ध परिषद्ले बुधबार 'नेपाल-भारत सम्बन्धको बदलिँदो गतिशीलता' विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कूटनीतिज्ञ तथा परराष्ट्र मामिलाविद्हरूले नेपालले लामो समयदेखि बाँकी रहेका द्विपक्षीय मुद्दाहरू समाधान गर्न र बदलिँदो क्षेत्रीय तथा भूराजनीतिक यथार्थसँग तालमेल मिलाउनका लागि स्पष्ट राष्ट्रिय एजेन्डा, निरन्तर राजनीतिक संवाद र गहिरो आर्थिक सहकार्यका साथ भारतसँग जोडिनुपर्ने धारणा राखेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह चाँडै (सम्भवतः मंसिर ६ गते) भारत भ्रमणको तयारीमा छन्। यस्तै, नयाँ भारतीय राजदूत सुधाकर दलेला मंगलबार काठमाडौँ आइपुगेका छन् भने भारतीय विदेश सचिव विक्रम मिस्री बुधबार काठमाडौँ ओर्लिएका छन्।
यस्तो महत्वपूर्ण समयमा भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले दुई छिमेकी मुलुक परम्परागत कूटनीतिक चिन्तनभन्दा माथि उठेर आपसी विश्वास, आर्थिक अन्तरनिर्भरता र एकअर्काका सरोकारहरूप्रतिको सम्मानमा आधारित सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिए। दुवै देशको बदलिँदो राजनीतिक परिदृश्य र नेपाली युवापुस्ताको अपेक्षालाई ध्यानमा राख्दै नयाँ दिल्ली उड्नुअघि सरकारलाई आफ्ना प्राथमिकताहरू स्पष्ट पार्न उनीहरूले आग्रह गरे।
More politics
- ट्रम्पको रिपब्लिकन पार्टीको लज्जास्पद हारका पाँच कारणNepal Khabar
- न्यायाधीश भनेको ‘प्लेयर’ होइन, रेफ्री हो: बार अध्यक्ष मिश्रNepal Khabar
- ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्युNepal Khabar
- प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखबाट लिए ‘ब्रिफिङ’Nepal Khabar
- म कमजोर धरातलमा उभिएको छैन, मेरो पक्षमा ढुक्कले बोल्नुहोस्: गगन थापाNepal Khabar
- लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुरको तेस्रो हारNepal Khabar