न्यायाधीश भनेको ‘प्लेयर’ होइन, रेफ्री हो: बार अध्यक्ष मिश्र
Read the full story at Nepal Khabar

नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन नमिल्ने बताएका छन्। बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा अध्यक्ष मिश्रले जिल्ला न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावप्रति आपत्ति जनाए। 'न्यायाधीशलाई मेलमिलापको काममा राख्ने भन्ने कुरालाई नेपाल बार एशोसियसन अस्वीकार गर्दछ।
यो संवैधानिक प्रावधान अनुकूल छैन,' उनले भने, 'न्यायाधीशलाई न्यायिक कामबाहेक अरू काममा लगाउन मिल्दैन। ' न्यायाधीशलाई मेलामिलापकर्ता बनाउने व्यवस्था संवैधानिक प्रावधान र न्यायिक स्वतन्त्रताको सिद्धान्तविपरित हुने उनको भनाइ छ। न्यायाधीशलाई न्यायिक कामबाहेक अन्य जिम्मेवारीमा लगाउन नमिल्नेमा उनले जोड दिए। 'न्यायाधीशको रोल भनेको रेफ्रीको मात्रै हो। ट्रुथ फाइन्डिङ गर्ने काम सरकारी वकिलको फौजदारी मुद्दामा हो।
देवानी मुद्दामा पक्ष आफैले जसले मुद्दा लान्छ, त्योभन्दा बढी रोल संविधानले दिएको देखिएन,' उनले भने। न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिकामा राख्ने प्रस्ताव नेपाल बारले अस्वीकार गर्ने उनको भनाई छ। न्यायाधीशको भूमिका विवादमा पक्ष बन्ने नभई कानुन, प्रमाण र दुवै पक्षले पेश गरेका तथ्यका आधारमा निष्पक्ष निर्णय गर्ने रेफ्रीको रहेको उनले बताए।
More politics
- ट्रम्पको रिपब्लिकन पार्टीको लज्जास्पद हारका पाँच कारणNepal Khabar
- नेपाल–भारत सम्बन्धमा स्पष्ट एजेन्डासहित जनता–जनताबीचको गहिरो सम्बन्ध झल्किनुपर्ने कूटनीतिज्ञहरूको भनाइNepal Khabar
- ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्युNepal Khabar
- प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखबाट लिए ‘ब्रिफिङ’Nepal Khabar
- म कमजोर धरातलमा उभिएको छैन, मेरो पक्षमा ढुक्कले बोल्नुहोस्: गगन थापाNepal Khabar
- लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुरको तेस्रो हारNepal Khabar