राजनीतिNepal Khabar
ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
Read the full story at Nepal Khabar

सिरहा नगरपालिका-११ भलुवाहीस्थित चोहर्वा-सिरहा सडकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका-२२ का अम्रेशकुमार यादव र गोलबजारका श्रीदेव यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेशबहादुर पालले राससलाई जानकारी दिए ।
चोहर्वाबाट सिरहातर्फ गइरहेको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना १ घ ५५३ नम्बरको ट्रक र सिरहाबाट चोहर्वातर्फ आइरहेको स ९ प ७६५० नम्बरको मोटरसाइकल ठोक्किँदा उनीहरुको मृत्यु भएको हो। ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको तथा दुर्घटनामा परेका दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए।
रासस
More politics
- ट्रम्पको रिपब्लिकन पार्टीको लज्जास्पद हारका पाँच कारणNepal Khabar
- न्यायाधीश भनेको ‘प्लेयर’ होइन, रेफ्री हो: बार अध्यक्ष मिश्रNepal Khabar
- नेपाल–भारत सम्बन्धमा स्पष्ट एजेन्डासहित जनता–जनताबीचको गहिरो सम्बन्ध झल्किनुपर्ने कूटनीतिज्ञहरूको भनाइNepal Khabar
- प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखबाट लिए ‘ब्रिफिङ’Nepal Khabar
- म कमजोर धरातलमा उभिएको छैन, मेरो पक्षमा ढुक्कले बोल्नुहोस्: गगन थापाNepal Khabar
- लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुरको तेस्रो हारNepal Khabar