Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

ग्राहकको रोजाइमा अनलाइन सपिङ, अस्ट्रेलियाकै पुरानो डिपार्टमेन्ट स्टोर संकटमा

Read the full story at Onlinekhabar (Nepali)

ग्राहकको रोजाइमा अनलाइन सपिङ, अस्ट्रेलियाकै पुरानो डिपार्टमेन्ट स्टोर संकटमा

१९ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोरको चेन डेभिड जोन्सको जिम्मा प्रशासनले लिएको छ । प्रशासनको जिम्मामा गएसँगै यसमा कार्यरत हजारौँ कर्मचारीको रोजगारी जोखिममा परेको छ। स्थानीय रूपमा डीजेजका नामले चिनिने यो १८८ वर्ष पुरानो खुद्रा विक्रेता लामो समयदेखि आर्थिक सङ्घर्षसँग जुधिरहेको थियो।

ग्राहकहरू पारम्परिक पसलहरू छोडेर अनलाइन सपिङङतर्फ आकर्षित भएपछि कम्पनीलाई यो अवस्था आएको हो। स्वैच्छिक प्रशासक म्याकग्राथ निकोलले रिसीभर एफटीआई कन्सल्टिङले कम्पनीको पुनरावलोकन नगरेसम्म डेभिड जोन्सका भौतिक तथा अनलाइन स्टोरहरू सञ्चालनमा रहने बताएका छन्। कम्पनीकी सीईओ एरिका बर्थोल्डले भनिन्, ‘डेभिड जोन्स एक प्रतिष्ठित कम्पनी हो र धेरै अस्ट्रेलियालीहरूको डीजेजका स्टोरहरूमा जाने आफ्नै कथा र सम्झनाहरू छन्। ’ उनले ब्रान्डसँग ‘भविष्यका लागि व्यापारलाई पुनः सेट गर्ने राम्रो योजना’ रहेको पनि बताइन्।

बर्थोल्डले यस कठिन समयमा साथ दिने ग्राहकहरू, टिमका सदस्यहरू र साझेदारहरूलाई धन्यवाद दिएकी छिन्। डेभिड जोन्समा करिब ६,००० कर्मचारी कार्यरत छन् र यसका ३८ वटा भौतिक स्टोरहरू छन्, जसमा १७ वटा वेस्टफिल्ड सपिङ सेन्टरभित्रै छन्।