Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

पटका पड्काउँदा कसलाई कस्तो असर पर्छ ?

Read the full story at Onlinekhabar (Nepali)

पटका पड्काउँदा कसलाई कस्तो असर पर्छ ?

तिहार उज्यालो, खुसी र आपसी सद्‍भावको पर्व हो । तर यही पर्वमा पड्काइने पटका र आतसबाजीले धेरै मानिस तथा पशुप्राणीका लागि त्रास, पीडा र जोखिम निम्त्याउँछ । हामी केही क्षण रमाइलो गर्न पटका पड्काउँछौँ, तर त्यसको असर अरूले लामो समयसम्म भोग्नुपर्ने हुन सक्छ । पटका पड्किँदा निस्कने चर्को आवाजले बालबालिका तर्सिन सक्छन् । साना शिशुमा डर, रुवाइ र निद्रामा समस्या देखिन सक्छ ।

ज्येष्ठ नागरिक, विशेषगरी चर्को आवाजप्रति संवेदनशील व्यक्तिलाई तनाव, बेचैनी र निद्रामा असर पर्न सक्छ । मुटुसम्बन्धी समस्या भएका व्यक्तिलाई अचानक आउने ठूलो आवाजले थप असहज बनाउन सक्छ । अस्पतालमा उपचाररत बिरामी, शल्यक्रियापछि आराम गरिरहेका व्यक्ति तथा मानसिक तनाव वा आवाजप्रति संवेदनशीलता भएका मानिसलाई पटाकाको आवाजले थप समस्या दिन सक्छ । अटिजम भएका कतिपय व्यक्ति पनि चर्को आवाज सहन नसक्ने अवस्थामा हुन्छन् । उनीहरूका लागि पटाकाको आवाज सामान्य मनोरञ्जन होइन, असह्य पीडा बन्न सक्छ ।

पटाकाको आवाजले सबैभन्दा बढी प्रभावित हुनेमध्ये कुकुर, बिराला, गाईगोरु, चराचुरुङ्गी र अन्य पशुप्राणी पनि पर्छन् । उनीहरूको श्रवण क्षमता मानिसको भन्दा फरक र कतिपय अवस्थामा बढी संवेदनशील हुन्छ । अचानक ठूलो आवाज आउँदा उनीहरू डराउँछन्, काँप्छन्, लुक्न खोज्छन् र भाग्न सक्छन् । डरले घर वा सुरक्षित स्थानबाट भागेका कुकुर तथा बिरालो सवारीसाधनको ठक्करमा पर्न सक्छन् ।