एउटा बैंक खाताबाट खुल्यो २० करोड लुटिएको घटनाको रहस्य
Read the full story at Setopati

पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित ओथल क्षेत्रको नेसनल बैंक अफ पाकिस्तानमा एउटा गाडी आइपुग्यो। गाडीबाट सुरक्षा बलको पोसाक लगाएका केही व्यक्ति ओर्लिए। सुरक्षा बलकै पोसाकमा आएका व्यक्तिले जाँच गर्न खोजेपछि कर्मचारीले पनि उनीहरूमाथि धेरै प्रश्न गरेनन्। शंका पनि पनि गरेनन्। सुरक्षाकर्मीको भेसमा आएका उनीहरूले बैंकका कर्मचारी र सुरक्षाकर्मीलाई नियन्त्रमा लिए। प्रतिरोध गर्न खोज्ने कर्मचारीलाई राइफलको कुन्दाले हिर्काए।
बैंकका सुरक्षाकर्मीसँग भएको जी–३ राइफलसमेत खोसे। त्यहाँ रहेको २० करोड २० लाख पाकिस्तानी रुपैयाँ ६ वटा बोरामा भरे। नोटले भरिएका बोराहरू गाडीको डिक्कीमा राखे। बैंकका कर्मचारीलाई नगद राख्ने भल्टभित्र थुने र त्यहाँबाट फरार भए। बलुचिस्तान प्रान्तको लसबेला जिल्लास्थित ओथल क्षेत्रमा बैंक लुटिएको सूचना पाएपछि तत्कालीन प्रहरी चौकी प्रमुख यार मोहम्मद प्रहरी टोलीसहित घटनास्थल पुगे। प्रारम्भिक सूचनाका आधारमा उनीहरू पुरानो मोडलको गाडीमा आरसिडी राजमार्ग हुँदै गएको प्रहरीले थाहा पायो।
पछि गाडी बलुच गोठतर्फ गएको सूचना प्राप्त भयो। बिबिसीसँग कुरा गर्दै यार मोहम्मदले आफूलाई दुई गोली लागेको बताएका छन्। एउटा गोली खुट्टामा र अर्को आँखानजिक लागेको थियो। उक्त घटनामा उनले एउटा आँखाको ज्योति गुमाए।
More business
- तिहारको किनमेलले बजारमा उल्लास (तस्बिरहरू)Nepal Khabar
- गगनलक्षित देउवाको टिप्पणी- पार्टी पैसाको प्रभावमा होइन, कार्यकर्ताको विश्वासमा चल्नुपर्छNepal Khabar
- कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धिNagarik News
- देउवाले भने- बाफ रे बाफ १८ करोड... अब पैसामा पार्टी बेच्ने हामीले ?Nagarik News
- शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनिदियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने ?Onlinekhabar (Nepali)
- Textile market traders block road against roadside shops in ErodeThe Hindu