Skip to main content
अर्थतन्त्रNagarik News

देउवाले भने- बाफ रे बाफ १८ करोड... अब पैसामा पार्टी बेच्ने हामीले ?

Read the full story at Nagarik News

देउवाले भने- बाफ रे बाफ १८ करोड... अब पैसामा पार्टी बेच्ने हामीले ?

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र आर्थिक चलखेल मौलाएको र नेताहरूको निष्ठामाथि प्रश्न उठेको बताएका छन्। पार्टी सभापति गगन थापा जोडिएको भनिएको १८ करोड रुपैयाँको अडियो प्रकरणप्रति आक्रोश पोख्दै देउवाले ‘अब पैसामा पार्टी बेच्ने ?’ भन्दै प्रश्न गरे। नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति (देउवा पक्ष) ले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको १५औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वसभापति देउवाले उक्त टिप्पणी गरेका हुन्।

समानान्तर गतिविधि गर्दै आएको देउवा पक्षको अधिवेशनमा उनीसहित नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत र मोहनबहादुर बस्नेतलगायतका शीर्ष नेताहरू उपस्थित थिए। कार्यक्रममा बोल्दै देउवाले पछिल्लो समय सामाजिक सञ्जालमा सार्वजनिक भएको इनम सापकोटाको विवादास्पद अडियो प्रकरणबारे भने, ‘त्यो के नाम पो रे... इनम सापकोटाले १८ करोड भनेको छ, बाफ रे बाफ !

१८ करोड सानो पैसा हो र ? त्यो पैसा दिएर पार्टी किन्दियो, अब पैसामा पार्टी बेच्ने हामीले ?’ विशेष महाधिवेशनको सन्दर्भ जोड्दै देउवाले विगतको इतिहास स्मरण गराए। उनले सुवर्ण शमशेर सभापति हुँदा विशेष महाधिवेशन बोलाइएको र त्यसपछि आफू सभापति भएका बेला पनि त्यस्तै अभ्यास भएको उल्लेख गरे।