Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनिदियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने ?

Read the full story at Onlinekhabar (Nepali)

शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनिदियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने ?

‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ?,’ आश्चर्य व्यक्त गर्दै पूर्वसभापति देउवाले प्रश्न गरे, ‘त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’ २१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको दाबी गरिएको अडियोबारे धारणा सार्वजनिक गरेका छन् ।

देउवा समूहले देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सापकोटाले कांग्रेसको आधिकारिकतासम्बन्धी दिएको भनिएको बयानबारे धारणा सार्वजनिक गरेका हुन् । ‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ?,’ आश्चर्य व्यक्त गर्दै पूर्वसभापति देउवाले प्रश्न गरे, ‘त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’ देउवाले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले तत्कालीन समयमा कांग्रेसको आधिकारिकतामा आफ्नो ज्यानको खतरा रहेको कुरा बताएको आफूले सञ्चारमाध्यमबाट थाहा पाएको प्रसंग पनि सुनाए ।

‘उसबेला निर्वाचन आयोगमा पनि मुद्दा हालका थियौं हामीले । तर, निर्वाचन आयोगले, उसबेलाका प्रमुख आयुक्तले बाहिर जो न्युजमा आएको थियो है- मेरो ज्यानको खतरा भएको कारणले मैले दिएको भनेर बोलेका पनि छन्,’ उनले भने, ‘तर, त्यो महिला चाँहि (आयुक्त जानकी तुलाधर) नडराउने, उ डराउने कहीँ हुन्छ ? पैसाको लेनदेन छ पैसाको ।