भ्रष्टतन्त्रको सफाइ गर्छौं, अर्को चुनावबाट झन् ठूलो शक्ति भएर आउँछौं : अर्थमन्त्री
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करिब ८ महिनासम्म सरकारले गरेका काममा कसैले औंला ठड्याउन नसकेको दाबी गरेका छन् । ‘साढे सात आठ महिना हुनलाग्दा पनि कसैलाई औँला ठड्याउन पाएको छैन । साढे ४ वर्ष यस्तै गरी सरकार चलाएर हामी फेरि ठूलो शक्ति भएर आउँछौं’ मन्त्री वाग्लेले नेपाल इन्फ्रास्ट्रक्चर समिटबारे आयोजित कार्यक्रममा भने ।
‘जुद्दध शम्मशेर पछि कुनै सरकार पाँच वर्ष चलेको थिएन । अब हामी क्रमभंग गर्छौं’ वाग्लेले भने,’ सरकारले ‘क्लेप्टोक्रेसी (भ्रष्टतन्त्र) क्लिनअप गर्छ । ’ उनका अनुसार विगत साढे तीन वर्षमा ३५ वटा ऐन बनेकोमा अहिले सरकारले १६६ वटा ऐनमाथि काम गरिरहेको छ । तीमध्ये ५९ वटा ऐनलाई एउटै प्याकेजमा अघि बढाउने तयारी रहेको उनले जानकारी दिए । ‘हामी बिग ब्याङ गर्दैछौं ।
कामको रफ्तार अब बढ्छ,’ उनले भने । पूर्वाधार विकासमा सरकारले ठूलो लगानी र तीव्र कार्यान्वयनलाई प्राथमिकता दिएको उनको भनाइ छ । एकैपटक आठदेखि १० वटा ठूला पूर्वाधार आयोजनालाई अघि बढाउने गरी काम गरिएको यनले बताए । सबै विकासका काम राज्यले मात्रै गर्नुपर्ने अवस्था अन्त्य गर्न निजी क्षेत्रको सहभागिता बढाउने नीति पनि सरकारले लिएको वाग्लेले बताए । निजी क्षेत्रलाई लगानीका लागि बाटो खोल्ने गरी बजेट ल्याइएको र वैकल्पिक विकास वित्तसम्बन्धी व्यवस्था कार्यान्वयनमा जाने उनको भनाइ छ ।
More politics
- ट्रम्पको रिपब्लिकन पार्टीको लज्जास्पद हारका पाँच कारणNepal Khabar
- न्यायाधीश भनेको ‘प्लेयर’ होइन, रेफ्री हो: बार अध्यक्ष मिश्रNepal Khabar
- नेपाल–भारत सम्बन्धमा स्पष्ट एजेन्डासहित जनता–जनताबीचको गहिरो सम्बन्ध झल्किनुपर्ने कूटनीतिज्ञहरूको भनाइNepal Khabar
- ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्युNepal Khabar
- प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखबाट लिए ‘ब्रिफिङ’Nepal Khabar
- म कमजोर धरातलमा उभिएको छैन, मेरो पक्षमा ढुक्कले बोल्नुहोस्: गगन थापाNepal Khabar