Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

जिम्मेवारी तोकिएको साढे तीन महिना बित्दा पनि कांग्रेस सांसदले बुझाएनन् प्रतिवेदन

Read the full story at Onlinekhabar (Nepali)

जिम्मेवारी तोकिएको साढे तीन महिना बित्दा पनि कांग्रेस सांसदले बुझाएनन् प्रतिवेदन

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा ३० असारमा बसेको बैठकले प्रत्येक सांसदलाई आफू निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी दिएर सांसदहरूलाई कार्यादेशसहित तोकेको थियो । १८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन प्रतिनिधिसभाका सांसदहरूलाई कार्यादेशसहित जिम्मेवारी दिएको थियो ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा ३० असारमा बसेको बैठकले प्रत्येक सांसदलाई आफू निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी दिएर सांसदहरूलाई कार्यादेशसहित तोकेको थियो । बैठकले प्रतिनिधिसभाका सदस्यहरूलाई जिम्मेवारी निर्वाह गर्दै हरेक तीन महिनामा समग्र प्रतिवेदन संसदीय दलको कार्यालयमा बुझाउन पनि भनेको थियो । तर, जिम्मेवारी प्राप्त गरेको साढे तीन महिना पुगिसक्दा पनि कसैले प्रतिवेदन बुझाएका छैनन् ।

कांग्रेस संसदीय दलको कार्यालयले अहिलेसम्म कुनै पनि सांसदले जिम्मेवारीअनुसार प्रतिवेदन नबुझाएको पुष्टि गरेको छ । ‘माननीयज्यूहरूबाट कुनै प्रतिवेदन आएको छैन,’ कार्यालय स्रोतले अनलाइनखबरसँग भने । अनलाइनखबरले सम्पर्क गरेका आधा दर्जनबढी सांसदहरूले आफूहरू अहिलेसम्म तोकिएको जिल्लामा जान नसकेको प्रतिक्रिया दिएका छन् ।