होर्मुजमा फेरि तनाव : तीन तेल ट्यांकरमा क्षति पुगेको इरानको दाबी
Read the full story at Nagarik News
होर्मुज जलमार्गमा आइतबार तीन वटा तेल ट्यांकरमा आगलागी भएको इरानले जनाएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अनुमति बिना जलमार्ग पार गर्न खोजेका जहाजमा यस्तो घटना भएको दाबी गरेको हो। आईआरजीसीका अनुसार आइतबार बिहान तीन वटा ट्यांकर होर्मुज जलमार्गको अनुमति नलिएको मार्गबाट यात्रा गरिरहेका बेला विस्फोट भएका थिए। तर इरानले ती जहाजको नाम र राष्ट्रियता सार्वजनिक गरेको छैन। घटनाबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।
फेब्रुअरीको अन्त्यमा इरान युद्ध सुरु भएयता तेहरानले होर्मुज जलमार्गमा आवतजावतमा कडाइ गर्दै आएको छ। इरानले जहाजलाई आफूले अनुमति दिएका मार्ग प्रयोग गर्न आग्रह गरेको छ। त्यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको छ। विश्वभर खपत हुने इन्धनको करिब पाँच भागको एक भाग होर्मुज जलमार्ग हुँदै आपूर्ति हुने भएकाले यस क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर पार्न सक्छ। यसअघि बेलायती सामुद्रिक सुरक्षा एजेन्सी यूकेएमटीओले ओमानको खासाब तट नजिकै एउटा ट्यांकरमा आगलागी भएको जनाएको थियो।
एजेन्सीका अनुसार जहाजका चालक दललाई उद्धार गरिएको थियो। आइतबार इमिराती सरकारी सञ्चारमाध्यमले ओमानको खाडीमा जलिरहेको जहाजबाट २२ जनाको उद्धार गरिएको र उनीहरूको अवस्था सामान्य रहेको जनाएको थियो। यी दुई घटना एउटै हुन् वा फरक भन्ने पुष्टि भएको छैन।
More business
- दूरसञ्चार कम्पनीको संकट टार्न नयाँ व्यवस्था गरिँदै, २० अर्बको नवीकरण बोझ हट्नेNepal Khabar
- एक करोडको कारोबार गर्दै ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ सम्पन्नNepal Khabar
- लक्ष्मीपूजामा विद्युत्को ‘पिक लोड’ १८१३ मेगावाट, ५८७ मेगावाट विद्युत् भारत निर्यातNepal Khabar
- काठमाडौंमा कारको ठक्करबाट एक महिलाको मृत्युDC Nepal
- लक्ष्मीपूजामा १८१३ मेगावाट बिजुली खपत: देश झिलिमिली पारेर ५८७ मेगावाट भारत निर्यातNagarik News
- चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँNagarik News