लक्ष्मीपूजामा विद्युत्को ‘पिक लोड’ १८१३ मेगावाट, ५८७ मेगावाट विद्युत् भारत निर्यात
Read the full story at Nepal Khabar

प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा गम्भीर क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ। आन्तरिक विद्युत् माग पूरा गर्दै भारततर्फ विद्युत् निर्यातसमेत भएको छ। आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
उक्त समयमा कुल प्रणालीको पिक भार २ हजार ४००.३० मेगावाट रहेकामा ५८७.३० मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो। प्रणालीमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीमा ठूलो क्षति पुगेको अवस्थामा पनि विद्युतको उच्चतम माग व्यवस्थापन गर्न सफल भएकोमा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र आम उपभोक्तालाई धन्यवाद दिएका छन्।
मन्त्री श्रेष्ठ आइतबार साँझ ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा प्राधिकरणका उच्च व्यवस्थापनकसहित प्राधिकरणको भार प्रेषण केन्द्रमा पुगेर विद्युतको माग र आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए। उनले विगत तीन वर्षको लक्ष्मीपूजाको दिनको विद्युत् माग र आपूर्तिको तथ्यांक विश्लेषण गर्दै यस वर्ष चुनौतीपूर्ण परिस्थितिमा समेत माग व्यवस्थापन हुनु सकारात्मक उपलब्धि भएको बताए।
More business
- दूरसञ्चार कम्पनीको संकट टार्न नयाँ व्यवस्था गरिँदै, २० अर्बको नवीकरण बोझ हट्नेNepal Khabar
- एक करोडको कारोबार गर्दै ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ सम्पन्नNepal Khabar
- काठमाडौंमा कारको ठक्करबाट एक महिलाको मृत्युDC Nepal
- लक्ष्मीपूजामा १८१३ मेगावाट बिजुली खपत: देश झिलिमिली पारेर ५८७ मेगावाट भारत निर्यातNagarik News
- चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँNagarik News
- काभ्रेको सुन्डीखोलामा पौने दुई करोडमा पुल निर्माणOnlinekhabar (Nepali)