Skip to main content
अर्थतन्त्रNagarik News

चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

Read the full story at Nagarik News

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावको नतिजापछि अमेरिकी सेयर बजारमा एकै दिन तीन ट्रिलियन डलर बराबरको बजार मूल्य घटेको दाबी गरेका छन्। उनले चुनावको नतिजाले अमेरिका इतिहासमै धेरै कदम पछाडि गएको बताएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।

उनले लेखेका छन्, ‘तर चिन्ता नगर्नुहोस्, हामी पहिलेभन्दा ठुलो र बलियो भएर फर्किनेछौँ।’ शुक्रबार फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले डेमोक्र्याटहरूले चुनावमा राम्रो प्रदर्शन गरेको खबर आएपछि बजारमा करिब तीन ट्रिलियन डलर बराबरको मूल्य घटेको बताएका थिए। उनले यसको सम्बन्ध इरानलाई आणविक हतियार राख्न नदिने अमेरिकी नीतिसँग पनि जोडेका थिए। ट्रम्पले यसअघि पनि डेमोक्र्याटहरूको चुनावी जितलाई सेयर बजारमा आएको गिरावटसँग जोड्दै आएका छन्।

तर बजारमा आएको गिरावटको कारण चुनावी नतिजा मात्रै नभई प्रविधि तथा एआई क्षेत्रमा लगानीसम्बन्धीको चिन्ता पनि रहेको छ। रिपब्लिकन पार्टीले मध्यावधि चुनावमा प्रतिनिधिसभा र सिनेट दुवैको नियन्त्रण गुमाएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। चुनावमा डेमोक्र्याटहरूले दुवै सदनमा बहुमत हासिल गरेका छन्।