हारपछि ट्रम्पलाई कार्यशैली सुधार्न दबाब
Read the full story at Nagarik News
.jpg&w=1920&q=70)
मध्यावधि चुनावमा पराजय भोग्दै डेमोक्र्याटहरूले कंग्रेसको नियन्त्रण आफ्नो हातमा लिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नै पार्टीभित्रबाट नीति परिवर्तन गर्न दबाब बढेको छ। प्रमुख चुनावी प्रतिस्पर्धामा रिपब्लिकन उम्मेदवारहरू पराजित भएपछि पार्टीका नेता, सहयोगी र रणनीतिकारहरूले ट्रम्पलाई आफ्नो कार्यशैली सुधार्न र विवादास्पद नीतिहरू पुनर्विचार गर्न आग्रह गरेका छन्। रिपब्लिकन रणनीतिकारहरूले ट्रम्पलाई ह्वाइट हाउसको नेतृत्वमा परिवर्तन ल्याउन, प्रशासनभित्र अनुशासन कायम गर्न र इरान युद्ध तथा करसम्बन्धी नीतिहरूको समीक्षा गर्न सुझाव दिएका छन्।
उनीहरूका अनुसार यी नीतिहरूले पार्टीलाई चुनावी रूपमा ठूलो क्षति पुर्याएका छन्। ‘उनले ह्वाइट हाउसमा व्यापक सुधार गर्नुपर्छ,’ फीहेरीले भने, ‘अब प्रत्येक दिन बित्दै जाँदा उनको राजनीतिक प्रभाव झन् कमजोर हुँदै जानेछ। ’ डेमोक्र्याटहरूले अब ट्रम्पका विधेयकहरू रोक्ने, उनको प्रशासनमाथि अनुसन्धान गर्ने र नियुक्तिका लागि प्रस्ताव गरिएका व्यक्तिहरूलाई चुनौती दिने पर्याप्त शक्ति पाउनेछन्।
यसले कार्यकारी अधिकारको आक्रामक प्रयोग गर्दै आएका ट्रम्पलाई आगामी दिनमा एकपक्षीय निर्णयमा थप निर्भर हुन बाध्य बनाउन सक्ने विश्लेषकहरूको भनाइ छ।
More politics
- ट्रम्पको रिपब्लिकन पार्टीको लज्जास्पद हारका पाँच कारणNepal Khabar
- न्यायाधीश भनेको ‘प्लेयर’ होइन, रेफ्री हो: बार अध्यक्ष मिश्रNepal Khabar
- नेपाल–भारत सम्बन्धमा स्पष्ट एजेन्डासहित जनता–जनताबीचको गहिरो सम्बन्ध झल्किनुपर्ने कूटनीतिज्ञहरूको भनाइNepal Khabar
- ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्युNepal Khabar
- प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखबाट लिए ‘ब्रिफिङ’Nepal Khabar
- म कमजोर धरातलमा उभिएको छैन, मेरो पक्षमा ढुक्कले बोल्नुहोस्: गगन थापाNepal Khabar