Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको ठाडो आदेश

Read the full story at Onlinekhabar (Nepali)

सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको ठाडो आदेश

सबै कुरा ठीकठाक हुँदो हो त यतिबेला ‘पाँच पाण्डव’ टिम प्रचारप्रसारको अन्तिम तयारीमा जुटिरहेको हुन्थ्यो । किनभने, आउँदो शुक्रबारदेखि फिल्म प्रदर्शन हुँदै थियो । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्म सार्वजनिक रूपमा प्रदर्शन गर्न कुनै आपत्ति छैन भन्दै ‘युनिभर्सल सर्टिफिकेट’ दिइसकेको थियो । अर्थात्, सेन्सर बोर्डले भनेको थियो, ‘तिम्रो फिल्म प्रदर्शनमा कुनै समस्या छैन, निर्धक्क देखाउन सक्छौ ।

’ हिजो मात्र सेन्सर बोर्डको अनुमति पाएको फिल्म साँझतिर भने रोकिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले पत्राचार गर्दै फिल्म निर्माण टिमलाई तत्काल यो फिल्म प्रदर्शन नगर्न आदेश दिएको बताइन्छ । यसले फिल्म निर्माण टिमलाई ठूलो झड्का लागेको छ । ‘बुकिङ नखोल्नु, गृह सचिवको ठाडो आदेश छ’ भन्दै मन्त्रालयका कर्मचारीले फोन गरेको स्रोत बताउँछ ।

स्रोतका अनुसार, ‘चिठी बुझ्न सिंहदरबार आउनु भनिएको छ । ’ फिल्म निर्माण पक्षका अनुसार नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा सो फिल्म रोक्न आग्रह गरेका थिए । ‘सोहीअनुरूप गृह मन्त्रालयले सञ्चार मन्त्रालयलाई फिल्म प्रदर्शन नगराउन आदेश दिएको थियो,’ स्रोत भन्छ । फिल्म प्रदर्शनमा रोक लगाइएकोमा फिल्मकर्मीहरूले आपत्ति जनाएपछि चलचित्र विकास बोर्डले ‘यस विषयमा भोलि छलफल गरेर सबै कुरा मिलाउँला’ भनेको स्रोतको भनाइ छ ।