राजनीतिNepal Khabar
बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ घाइते
Read the full story at Nepal Khabar

डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन-पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका-१ सौडानी खोलामा दुर्घटना भएको हो। दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका-२ की ३५ वर्षीय सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले जानकारी दिए।
दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका-२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिह मङ्गोला, सुनिल बस्केल र जीप चालक सन्तोष राम लुहार छन्।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिप अनियन्त्रित भई सडकबाट तल खसेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
More politics
- Mothers remain at risk even in tertiary hospitalsKathmandu Post
- Is this government governing, or just putting on a show?Kathmandu Post
- The Sapkota scandal is not really about SapkotaKathmandu Post
- Thapa seeks Oli’s support to save Congress-led Madhesh governmentKathmandu Post
- Saudi firm to pay 181,000 riyals to family of Nepali killed in drone strikeKathmandu Post
- New bridge connects communities separated by Lalbakaiya riverKathmandu Post