पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई विभागले तिरायो ५० हजार जरिवाना
Read the full story at Nepal Khabar
पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना गरिएको छ। बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिवाना गरिएको अध्यागमन विभागले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्र र घटनासम्बन्धी विवरण अध्ययन गर्दा एजेन्सीले प्रचलित कानुन उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ। घटनामा संलग्न गाइडको व्यावसायिक आचरण र इजाजतपत्रसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न पर्यटन विभाग तथा बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई पत्राचार गरिएको थियो।
विभागले पदयात्रा अनुमति नलिई पर्यटकलाई कुनै पनि क्षेत्रमा नलैजान तथा जारी अनुमति र सर्तको पूर्ण पालना गर्न ट्रेकिङ एजेन्सी र गाइडलाई आग्रह गरेको छ।
More politics
- बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ घाइतेNepal Khabar
- ‘बाटुलो जून’को ट्रेलरमा क्लासिक लबस्टोरी (भिडिओ)Nepal Khabar
- हामीले विगतमा गरेको असफल अभ्यास यो सरकार पनि पछ्याउँदै छ: डिला संग्रौलाNepal Khabar
- प्रधानमन्त्रीलाई राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गराउन शाहीको मागNepal Khabar
- तरकारी छाडेर फूल खेती, सोचेभन्दा राम्रो आम्दानी हुँदा कमला दंगNepal Khabar
- जग्गा धनी पुर्जा माग्दै झापामा ६० हजार परिवारले दिए आवेदनNepal Khabar