विराट एक्स्पो पुस २ देखि ११ गतेसम्म, स्टल २५० वटा, थिमेटिक सेसन संचालन गरिने
Read the full story at Bizmandu
विराटनगर। उद्योग संगठन मोरङले आगामी पुस २ देखि ११ गतेसम्म विराट एक्स्पो गर्ने भएको छ। संगठनले बुधबार पत्रकार सम्मेलन गरेर एक्स्पोबारे जानकारी दिएको छ। संगठनका उपाध्यक्ष विपिन काबराका अनुसार एक्स्पोमा १० वटा अवसर क्षेत्र र ६ वटा एकीकृत प्लेटफर्म स्थापना गरिनेछन्।
एक्स्पो अवलोकन गर्न उपस्थित हुने हरेक युवाले करियरको सम्भावना बुझ्न तथा सिप र रोजगारीको अवसर भेटाउन सकुन् भन्ने उद्देश्य रहेको बताए। ‘उद्यमीले बजार र लगानीको सम्भावना पहिचान गरोस् अनि नयाँ ग्राहक तथा व्यावसायिक साझेदारको पहिचान गरोस्,’ उनले भने। यसका लागि एक्स्पोमा औद्योगिक, व्यावसायिक, ऊर्जा, पर्यावरण, व्यापार, वित्त तथा बैंकिङ, लजिस्टिक म्यानेजमेन्ट, लगानी विस्तार, प्रशासन लगायत विषयमा थिमेटिक सेसन संचालन गरिनेछ। संगठनका अनुसार एक्स्पोमा २७५ वटा स्टल रहनेछन्।
तीमध्ये १५० वटा औद्योगिक र कर्पोरेट, ५० वटा कृषि र लघु उद्यम, २० वटा अटोमोबाइल र १२ वटा खाद्यवस्तुका स्टल हुनेछन्। एक्स्पो २ लाख ५० हजारले अवलोकन गर्ने संगठनको अनुमान छ। संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार एक्स्पोको टाइटल स्पोन्सर एक्स्ट्रिम इनर्जी ड्रिंक्स, पावर बाई सेन्चुरी स्पाइसेस एन्ड स्न्याक्स र डाइमन्ड स्पोन्सरमा म्याजिकर फुटवेयर र शिखर इन्स्योरेन्स रहनेछन्।
More business
- ‘कबड्डी’ का पाँचै भागको कमाइ ५८ करोड, कसले कति कमाए?Nepal Khabar
- शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपीNepal Khabar
- कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्युNepal Khabar
- विश्वप्रकाशको प्रश्न- सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो?Nepal Khabar
- सेयर बजारमा र्यान्समवेयर आक्रमणपछि धितोपत्र बोर्डले ल्यायो आईटी नीतिOnlinekhabar (Nepali)
- सिंहदरबार वैद्यखानाको आधुनिकीकरणका लागि दुई मन्त्रालयबीच सहकार्य हुनेDC Nepal