विश्वप्रकाशको प्रश्न- सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो?
Read the full story at Nepal Khabar

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेप र पत्रकारमाथिको धरपकडप्रति चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रताको पक्षमा सञ्चारकर्मीहरू आफैँले आवाज उठाउनुपर्ने बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सञ्चारमाध्यममाथि हस्तक्षेप हुँदा सञ्चार जगत एकजुट भएर प्रतिवाद गर्न नसकेको भन्दै प्रश्न उठाएका हुन्। उनले पत्रकार पक्राउ परिसकेपछि मात्रै प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाउने हो भन्दै सञ्चारकर्मीहरूलाई प्रतिप्रश्न गरे।
सञ्चारमाध्यममाथि डर र त्रास सिर्जना हुँदा त्यसको प्रभाव समग्र लोकतन्त्रमै पर्ने उनको भनाइ छ। शर्माले सञ्चारमाध्यममाथि हस्तक्षेप हुँदा मिडियाले नै आफ्नो पक्षमा निर्भीकतापूर्वक आवाज उठाउनुपर्ने स्पष्ट पारे। लोकतन्त्रको अवस्था निर्वाचनबाट मात्रै नभई प्रेसले निर्भयतापूर्वक लेख्न पाउने अवस्थाबाट मापन हुने शर्माको भनाई छ।
उनले सञ्चारमाध्यममाथि निरन्तर दबाब र हैरानी सिर्जना गरिए लोकतन्त्रको वास्तविक अभ्यास कमजोर हुने बताए। नेपालको संविधान, शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि राजनीतिक दलसँगै सञ्चारमाध्यमले पनि अग्रपङ्क्तिमा रहेर भूमिका खेलेको स्मरण गर्दै उनले नेपाली कांग्रेसका तर्फबाट सञ्चार जगत्प्रति सम्मान व्यक्त गरे।
More business
- शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपीNepal Khabar
- कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्युNepal Khabar
- Germany news: Commerce chief calls for stable US trade relations after midterms, warning that uncertainty over Trump's tariff policies remainsDW
- उड्डयन प्राधिकरण र भन्सार विभागबीच राष्ट्रिय एकद्वार प्रणालीबारे सम्झौताOnlinekhabar (Nepali)
- कांग्रेसले भन्यो- वैधानिकताको आरोपको छानबिनका लागि तयार छौं, भ्रम र भयको शासन बन्द होस्Bizmandu
- U.S. midterm elections impact on India: Faster trade deal talks and higher tariffs likelyThe Hindu