शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपी
Read the full story at Nepal Khabar

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फायल खोलेर चर्चामा आएका अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसी अनपेक्षित रुपमा प्रहरी नेतृत्वमा पुग्न सफल भएका छन्। २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका केसी २०७९ मा नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढ्दा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए। बुधबार आईजीपीबाट हटाइएका दानबहादुर कार्की त्यतिबेला काठमाडौँ प्रहरी प्रमुख थिए। केसीले फाइल अगाडि बढाएर पूर्वमन्त्री र बहालवाला सचिवलाई पक्राउ गरे पनि कार्कीको नेतृत्वमा शरणार्थी प्रकरणमा मुद्दा चलाइएको हो।
हाल एआईजीको दोस्रो वरियतामा रहेका केसी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा थिए। यही सरकारले उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट त्यहाँ सरुवा गरेको थियो। केपी ओली नेतृत्वको तत्कालीन सरकारले उनलाई एआईजीमा बढुवा नै गर्न चाहेको थिएन। बढुवा भएपछि पनि सबैभन्दा कमजोर भूमिका रहेको प्रदेश समन्वय विभागमा जिम्मेवारी दिएको थियो।
त्यसअघि डीआईजी हुँदा उनी विशेष ब्यूरोमा थिए। विशेष ब्यूरोमा पुगेपछि पनि उनले शरणार्थी प्रकरणकै फाइल पुनः खुला गराएका थिए। बेचन झा, प्रतिक थापा लगायतलाई पक्राउ गर्न उनकै विशेष भूमिका छ। यही मुद्दाले चर्चा कमाएका एआईजी केसीलाई सरकारले उनकै ब्याचीलाई हटाएर बुधबार नेतृत्व सुम्पिएको हो।
More business
- ‘कबड्डी’ का पाँचै भागको कमाइ ५८ करोड, कसले कति कमाए?Nepal Khabar
- कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्युNepal Khabar
- विश्वप्रकाशको प्रश्न- सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो?Nepal Khabar
- सिंहदरबार वैद्यखानाको आधुनिकीकरणका लागि दुई मन्त्रालयबीच सहकार्य हुनेDC Nepal
- मध्य त्रिशूली गंगाका कर्मचारीले महिनौंदेखि तलब पाएनन्, कम्पनीले माग्यो खर्च हिसाबOnlinekhabar (Nepali)
- Rupee gains 17 paise to settle at 94.58 against U.S. dollarThe Hindu