मध्य त्रिशूली गंगाका कर्मचारीले महिनौंदेखि तलब पाएनन्, कम्पनीले माग्यो खर्च हिसाब
Read the full story at Onlinekhabar (Nepali)

१८ कात्तिक, काठमाडौं । नुवाकोटमा निर्माणाधीन मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकले महिनौंदेखिको तलब तथा भत्ता नपाएको गुनासो गरेका छन् । आयोजनामा कार्यरत कर्मचारीले तलब, भत्ता र अन्य खर्चसमेत गरी १ करोड ९७ लाख रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको भन्दै सम्बन्धित निकायमा पहल गरिदिन अनुरोध गरेका हुन् ।
पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिद्वारा प्रवर्द्धित १५.६२५ मेगावाट क्षमताको आयोजनामा कार्यरत कर्मचारीले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को आंशिक अवधिदेखि २०८३ सालसम्मको तलब तथा भत्ता पाउन बाँकी रहेको बताएका छन् । एक कर्मचारीका अनुसार दसैं भत्ता र अन्य विविध खर्चसमेत गरी कम्पनीले १ करोड ९७ लाख ७५ हजार ७ सय ८२ रुपैयाँ ४५ पैसा भुक्तानी गर्न बाँकी छ । उनीहरूले उक्त रकम भुक्तानी गराउन पहल गरिदिन नुवाकोट जिल्ला प्रशासन कार्यालय, विदुर नगरपालिका तथा सम्बन्धित वडा कार्यालयमा अनुरोध गरेका छन् ।
उक्त कम्पनीमा कार्यरत २० कर्मचारीले लामो समयदेखि काम गरेको तलब दिनुको सट्टा कम्पनीले पूर्वसूचनाविना रोजगारीबाट अवकाश दिएको जनाएका छन् । त्यसबापत बक्यौता रकम समेत भुक्तानी नगरेको आरोप लगाएका हुन् । उनीहरूका अनुसार २ असोज २०८३ मा कम्पनीले पत्र जारी गर्दै उक्त मितिदेखि लागु हुने गरी सम्पूर्ण कर्मचारीको रोजगारी सम्झौता अन्त्य गरिएको जनाएको थियो ।
More business
- शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपीNepal Khabar
- कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्युNepal Khabar
- विश्वप्रकाशको प्रश्न- सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो?Nepal Khabar
- Germany news: Commerce chief calls for stable US trade relations after midterms, warning that uncertainty over Trump's tariff policies remainsDW
- उड्डयन प्राधिकरण र भन्सार विभागबीच राष्ट्रिय एकद्वार प्रणालीबारे सम्झौताOnlinekhabar (Nepali)
- कांग्रेसले भन्यो- वैधानिकताको आरोपको छानबिनका लागि तयार छौं, भ्रम र भयको शासन बन्द होस्Bizmandu