Skip to main content
अर्थतन्त्रNepal Khabar

कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

Read the full story at Nepal Khabar

कञ्चनपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।बेदकोट नगरपालिका-१ हात्तीथलास्थित सडकमा सुपप्र ०२-००४ प ४०८० नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्री बेदकोट नगरपालिका-२ जडेपानी चाँदनीफाँटाकी ७० वर्षीया प्रमादेवी बोहराको मृत्यु भएको हो।स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बोहराको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।