कांग्रेसले भन्यो- वैधानिकताको आरोपको छानबिनका लागि तयार छौं, भ्रम र भयको शासन बन्द होस्
Read the full story at Bizmandu
काठमाडौं। नेपाली कांग्रेसले भ्रम र भयको शासन बन्द गर्न सरकारलाई आग्रह गरेको छ। कांग्रेसले बुधबार पदाधिकारीको बैठकपछि पत्रकार सम्मेलन गरेर सरकारले आफूमाथि निराधार आरोप लगाएको भन्दै भ्रम र भयको शासन बन्द गर्न आग्रह गरेको हो। कांग्रेसका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले सरकारले नियोजितरुपमा कांग्रेसमाथि कपोल्कल्पित आरोप लगाएको बताए।
‘हामीमाथि लगाइएको आरोप कपोल्कल्पित छ। निराधार छ। अनर्गल समाचार नियोजित ढंगले सरकारको कुनै गृहबाट आएको छ। विशेष महाधिवेशन भइसकेपछि अद्यावधिक भयो।
तर जुन प्रायोजित ढंगबाट आएको समाचार निर्वाचन आयोगको अपमान हो, सर्वोच्च अदालतको अवहेलना हो,’ उनले भने, ‘हामी जस्तोसुकै छानबिनका लागि तयार छौं। निष्पक्ष छानबिन होस्। कांग्रेसको वैधानिकता सम्बन्धमा लगाइएको आरोपको अडियोबारे निष्पक्ष छानबिन होस्।’ कांग्रेस सभापति गगन थापाले पार्टीको वैधानिकताका लागि १८ करोड रुपैयाँ खर्च गरेको विवादित अडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। The post कांग्रेसले भन्यो- वैधानिकताको आरोपको छानबिनका लागि तयार छौं, भ्रम र भयको शासन बन्द होस् appeared first on BIZMANDU .
More business
- शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपीNepal Khabar
- कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्युNepal Khabar
- विश्वप्रकाशको प्रश्न- सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो?Nepal Khabar
- एफएनसीसीआईका उपाध्यक्ष पाण्डेले भने- अरुको सिको गरेर स्टार्टअप सफल हुँदैनBizmandu
- गुणस्तर मापन र प्रमाणीकरण अब स्वदेशमै, ‘नेपाल प्रत्यायन केन्द्र’ सुरुOnlinekhabar (Nepali)
- Gold shines as dollar slips to 5-week low, investors await U.S. midterm election resultsThe Hindu