गुणस्तर मापन र प्रमाणीकरण अब स्वदेशमै, ‘नेपाल प्रत्यायन केन्द्र’ सुरु
Read the full story at Onlinekhabar (Nepali)

केन्द्र सञ्चालनसँगै अब स्वदेशी प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा पाउने बाटो खुलेको छ । १८ कात्तिक, काठमाडौं । सरकारले नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता दिलाउने उद्देश्यले ‘नेपाल प्रत्यायन केन्द्र’ सञ्चालनमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत स्थापित यस केन्द्रको बुधबार विभागीय मन्त्री दीपककुमार साहले काठमाडौं त्रिपुरेश्वरमा औपचारिक उद्घाटन गरे । सरकारले यस केन्द्रको स्थापनालाई नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणको क्षेत्रमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा लिएको छ । केन्द्र सञ्चालनसँगै अब स्वदेशी प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा पाउने बाटो खुलेको छ ।
यसअघि यस्तो मान्यताप्राप्त गर्न विदेशी निकायको भर पर्नुपर्ने बाध्यता थियो । मन्त्रालयका अनुसार स्वदेशमै सेवा उपलब्ध भएपछि उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणमा लाग्ने समय र चर्को खर्च कटौती हुनेछ । त्यस्तै साथै खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री, विद्युतीय उपकरण लगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाहरूको विश्वसनीयता बढ्ने छ ।
More business
- कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्युNepal Khabar
- विश्वप्रकाशको प्रश्न- सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो?Nepal Khabar
- न्यायाधीशलाई नै मेलमिलापकर्ता बनाउने सरकारको प्रस्तावमा सांसदहरूको असहमतिNepal Khabar
- What will the US midterms mean for trade policy on China?South China Morning Post
- ओलीले खुम्च्याए शंकर पोखरेलको भूमिकाOnlinekhabar (Nepali)
- गुगलले पाँच देशका कर्मचारीलाई दियो स्वेच्छिक अवकाशको प्रस्तावDC Nepal