सेयर बजारमा र्यान्समवेयर आक्रमणपछि धितोपत्र बोर्डले ल्यायो आईटी नीति
Read the full story at Onlinekhabar (Nepali)

यसअघि डेटा सेन्टरमा र्यान्समवेयर आक्रमण हुँदा असोज ५ गते सेयर बजार नै बन्द गर्नु परेको थियो । यस्तो घटनापछि बोर्डले साइबर सुरक्षाका लागि आईटी नीति लागु गरेको हो ।
बुधबारदेखि नै लागु भएको यस नीतिमा सेयर बजारसँग सम्बन्धित पक्षको सूचना प्रविधि सुरक्षा तथा उदीयमान प्रविधिका विषय समेटिएको छ । बजार कारोबार, राफसाफ तथा फस्र्यौट संयन्त्र र केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउससँग सम्बन्धित अभिलेखको दिगो, भरपर्दो तथा सुरक्षित प्रयोगका लागि स्तरीय तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूपको विपद् पुनःप्राप्ति संयन्त्रको स्थापना तथा व्यवस्थापन गर्नुपर्ने विषय समेटिएको छ ।
‘नीतिको मुख्य उद्देश्य धितोपत्र बजार तथा वस्तु विनिमय बजारको समग्र कार्यसम्पादनलाई सूचना प्रविधि पूर्वाधारको विकास, विस्तार मार्फत नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउने रहेको छ’ बोर्डले भनेको छ । बोर्ड, बजार पूर्वाधार संस्था तथा बजार सहभागीहरूले प्रयोग गर्ने डिजिटल पूर्वाधारलाई सुरक्षित, विश्वसनीय र जवाफदेही बनाउन सूचना प्रविधिसम्बन्धी बाह्यकरण (आईटी आउटसोर्सिङ) कार्यलाई स्पष्ट कानुनी तथा प्राविधिक दायराभित्र ल्याउने व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।
More business
- शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपीNepal Khabar
- कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्युNepal Khabar
- विश्वप्रकाशको प्रश्न- सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो?Nepal Khabar
- एफएनसीसीआईका उपाध्यक्ष पाण्डेले भने- अरुको सिको गरेर स्टार्टअप सफल हुँदैनBizmandu
- Germany news: Commerce chief calls for stable US trade relations after midterms, warning that uncertainty over Trump's tariff policies remainsDW
- उड्डयन प्राधिकरण र भन्सार विभागबीच राष्ट्रिय एकद्वार प्रणालीबारे सम्झौताOnlinekhabar (Nepali)