तिहारमा बिजुली जाँदैन, मागभन्दा धेरै उत्पादन छ: प्राधिकरण
Read the full story at Nagarik News

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक जनशक्तिलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। पर्वका समयमा विद्युत् प्रणालीको नियमित सञ्चालन र व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको छ।
बैठकले सम्भावित चुनौतीको व्यवस्थापन र प्राविधिक तयारीबारे छलफल गरेको हो। त्यस्तै, प्रणाली सञ्चालन विभाग (एलडिसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरी आवश्यक निर्देशन दिइएको छ। कार्यकारी निर्देशक श्रेष्ठले चाडबाड अवधिभर बिजुली अवरोध हुन नदिन सम्पूर्ण संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन्।
विद्युत् आपूर्तिमा कतै समस्या देखिए तत्काल मर्मत गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा रहन उनले सचेत गराए। प्रसारणलाइन तथा वितरण प्रणालीको मर्मतसम्भार तत्काल सम्पन्न गर्न र ‘नो लाइट’ सेवामा आउने फोन नियमित उठाउँदै उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्न पनि उनले निर्देशन दिएका छन्।
More business
- तिहारको किनमेलले बजारमा उल्लास (तस्बिरहरू)Nepal Khabar
- गगनलक्षित देउवाको टिप्पणी- पार्टी पैसाको प्रभावमा होइन, कार्यकर्ताको विश्वासमा चल्नुपर्छNepal Khabar
- कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धिNagarik News
- देउवाले भने- बाफ रे बाफ १८ करोड... अब पैसामा पार्टी बेच्ने हामीले ?Nagarik News
- शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनिदियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने ?Onlinekhabar (Nepali)
- Textile market traders block road against roadside shops in ErodeThe Hindu