मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ । सरकारको नेतृत्व जसपा नेपालले गर्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन् । तीन दलबीच नयाँ सरकार बनाउने सहमति भइसकेको नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले बताए । ‘तीन दल बीच सरकार बनाउने सहमति करिब करिब टुङ्गिएको छ ।
र, कुन दलले नेतृत्व गर्ने भन्नेबारे चाँडै निष्कर्ष लाग्ने छ,’ उनले अनलाइनखबरसँग भने । शीर्ष तहमै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव बीच नयाँ समीकरणबारे छलफल भएर सहमति भएको उनले बताए । स्रोतका अनुसार जसपा नेपालको नेतृत्वमा मुख्यमन्त्री बन्ने करिब निश्चित छ । जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री बन्ने सम्भावना बढेको हो । गत असोज ३० गते मधेस सरकारबाट बाहिरिँदै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि हाल नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादव आफ्नो सरकार बचाउनको लागि प्रयासरत छन् । पछिल्लो समय एमाले सोही सरकारमा फर्किने संवाद पनि चलेको थियो । त्यसका लागि कांग्रेस सभापति गगन थापा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल समेत भएको थियो ।
More business
- विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)Nepal Khabar
- पाँच दशकदेखि काठमाडौंलाई झिलिमिली बनाइरहेको भोटेबहाल, ‘पहिला जस्तो छैन व्यापार’Bizmandu
- विद्युत प्राधिकरणले ४०६ कर्मचारी भर्ना गर्दै, ६४ जना इन्जिनियर, कुन पदमा कति?Bizmandu
- बबरमहलमा सुनको असर्फी र चाँदीको सिक्का लिन आज पनि लाइन (तस्विरहरु)Bizmandu
- Trump blames Democrats’ midterm win for U.S. stock market selloffThe Hindu
- मिड सोलु हाइड्रोपावरले नाफा बढाउँदै पहिलो त्रैमासमा कमायो ५ करोड ७४ लाख रुपैयाँBizmandu