Skip to main content
अर्थतन्त्रBizmandu

पाँच दशकदेखि काठमाडौंलाई झिलिमिली बनाइरहेको भोटेबहाल, ‘पहिला जस्तो छैन व्यापार’

Read the full story at Bizmandu

काठमाडौं । सुदर्शनधर प्रधान १७ वर्षका थिए जब उनले भोटेबहालमा आफ्नै व्यवसाय सुरु गरे। उनको इम्पेरियल लाइट सेन्टरमा तिहारका लागि विभिन्न प्रकारका झिलिमिली बत्ती सजाइएका छन्। रंगीन लाइट, एलईडी लाइटदेखि घर र पसल सजाउन प्रयोग हुने विभिन्न प्रकारका बत्तीले सोरुम भरिएको छ अहिले। लाइट व्यवसाय गरेको उनले करिब पाँच दशक भयो। अहिले ६७ वर्ष पुगेका उनले त्यहाँ व्यवसाय सुरु गर्दा भोटेबहालमा बत्ती बेच्ने पसल खुल्न थालिसकेका थिए।

संख्या भने थोरै थियो। बिस्तारै भोटेबहाल थरीथरीका बत्ती पाउने ‘हब’ बन्यो। उनका अनुसार पहिले काठमाडौंमा निश्चित सामान किन्न एउटा निश्चित ठाउँमा पुग्नुपर्थ्यो। बिजुली बत्तीका लागि त्यस्तै ठाउँ बन्यो भोटेबहाल, ठ्याक्कै बागदरबार पछाडिको क्षेत्र। त्यहाँको पुरानो पिपलको बोट वरिपरि नै हो काठमाडौंलाई झिलिमिली बनाउने बत्तीहरू बिक्री सुरु भएको। तिहारमा नयाँ नयाँ बत्ती राख्ने ‘ट्रेन्ड’ चल्यो अनि विद्युतीय सामग्री किन्न धेरै जना यही व्यापारिक क्षेत्रमा आउँथे।

अहिले भने काठमाडौंको भौगोलिक विस्तार र बस्तीको विकासले पुराना व्यापारिक केन्द्रको कारोबारमा प्रभाव पारेको उनको बुझाइ छ। ‘काठमाडौंका विभिन्न क्षेत्रमा पसल बढेका छन्। त्यसैले सामान किन्न यहीँ आउनुपर्छ भन्ने बाध्यता छैन। ठाउँ ठाउँमा सामान उपलब्ध हुन थालेको छ,’ उनी भन्छन्।