अर्थतन्त्रBizmandu
बबरमहलमा सुनको असर्फी र चाँदीको सिक्का लिन आज पनि लाइन (तस्विरहरु)
Read the full story at Bizmandu
काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि सुन र चाँदीको सिक्का बिक्री गरिरहेको छ। बिहीबारदेखि सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु भएको हो।
राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट सुनको असर्फी तथा चाँदीका मेडालियन सिक्का बिक्री भइरहेको छ। असर्फी र सिक्का लिन आज पनि बिहानदेखि सर्वसाधारणको भिड लागेको छ। प्रति व्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) १/१ थानका दरले (बढीमा दुई थान मात्र) खरिद गर्न पाइनेछ।
सिक्का बिहीबार र शुक्रबार (कात्तिक १९ र २० गते) बिहान ११ देखि दिउँसो ३ बजेसम्म बिक्री गरिने जनाइएको छ। The post बबरमहलमा सुनको असर्फी र चाँदीको सिक्का लिन आज पनि लाइन (तस्विरहरु) appeared first on BIZMANDU .
More business
- कर्णालीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्नेNepal Khabar
- ‘रामायण’ ले पहिलो दिनमै कमायो १२७ करोड भारुNepal Khabar
- करेसाबारीको फूलबाट तिहार खर्चको जोहोNagarik News
- Fashion show in Bajura promotes tourism, local products and cultureOnlinekhabar English
- Lebanese pack bags and stock up amid fears of new Israeli escalationAl Jazeera
- लुम्बिनीमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिनेNagarik News