विद्युत प्राधिकरणले ४०६ कर्मचारी भर्ना गर्दै, ६४ जना इन्जिनियर, कुन पदमा कति?
Read the full story at Bizmandu
काठमाडौं। नेपाल विद्यूत प्राधिकरणले ४०० भन्दा बढी कमर्चारी भर्ना गर्न लागेको छ। प्राधिकरणले ५ देखि १० तहसम्म विभिन्न पदमा ४०६ कर्मचारी भर्ना गर्नका लागि शुक्रबार विज्ञापन खुलाएको छ।
विज्ञापन अनुसार अधिकृतस्तरमा ८४ तथा सहायकस्तरमा ३२२ जना कर्मचारी भर्ना गर्न लागिएको हो। अधिकृतस्तरमा तह १० मा इलेक्ट्रिकलतर्फ १ जना, तह ८ मा लेखातर्फ २, इलेक्ट्रिकलतर्फ ३ र कम्प्यटर इन्जिनियरिङतर्फ १ जना, तह ७ मा प्रशासनतर्फ १६, इलेक्ट्रिकलतर्फ ४५, मेकानिकलतर्फ ४, सिभिलतर्फ ६ र कम्प्युटर इन्जिनियरिङतर्फ ४ जना मागिएको छ। यस्तै प्रशासनतर्फ ३१ जना मिटररिडिङ सुपरभाइजर र ३४ जना लेखापाल, इलेक्ट्रिकलतर्फ सुपरभाइजर २४६ र मेकानिकलतर्फ सुपरभाइजर ११ जना भर्ना गर्न लागिएको छ।
प्राधिकरणमा जागिर खान चाहनेले मंसिर २७ गतेसम्म आवेदन बुझाउनुपर्नेछ। The post विद्युत प्राधिकरणले ४०६ कर्मचारी भर्ना गर्दै, ६४ जना इन्जिनियर, कुन पदमा कति? appeared first on BIZMANDU .
More business
- कर्णालीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्नेNepal Khabar
- ‘रामायण’ ले पहिलो दिनमै कमायो १२७ करोड भारुNepal Khabar
- करेसाबारीको फूलबाट तिहार खर्चको जोहोNagarik News
- Fashion show in Bajura promotes tourism, local products and cultureOnlinekhabar English
- Lebanese pack bags and stock up amid fears of new Israeli escalationAl Jazeera
- लुम्बिनीमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिनेNagarik News