न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक
Read the full story at Nagarik News
न्युजिल्यान्डको शनिबार सम्पन्न संसदीय चुनावमा कुनै पनि राजनीतिक दलले स्पष्ट जित हासिल गर्न सकेनन्। प्रारम्भिक मतपरिणाममा दक्षिणपन्थी गठबन्धनले झिनो बहुमत पाए पनि अन्तिम नतिजा आउन बाँकी रहेकाले नयाँ सरकार कसले बनाउने भन्ने टुंगो लाग्न अझै केही साता लाग्ने भएको छ। सत्तारुढ दक्षिणपन्थी गठबन्धन र विपक्षी वामपन्थी गठबन्धनबिच कडा प्रतिस्पर्धा देखिएको छ। चुनावमा प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको नेसनल पार्टी र क्रिस हिपकिन्स नेतृत्वको लेबर पार्टी दुवैले अपेक्षाकृत कमजोर प्रदर्शन गरेका छन्।
मतदाताले प्रमुख दलभन्दा साना राजनीतिक दललाई बढी समर्थन गरेपछि सरकार गठनका लागि उनीहरूको साथ महत्त्वपूर्ण हुने देखिएको छ। यस चुनावमा ३८ वर्षीया किउले वोंग नेतृत्वको अपर्चुनिटी पार्टीले सबैको ध्यान खिचेको छ। पहिलो पटक संसदमा प्रवेश गरेको यस पार्टीले सात सिट जितेको छ। वोंगले कुनै एक पक्षमा मात्र सीमित नभई दुवै गठबन्धनसँग मिलेर सरकार गठन गर्न सक्ने बताएकी छन्।
त्यसैले अन्तिम मतपरिणामपछि उनको पार्टी सरकार गठनमा निर्णायक बन्न सक्ने देखिएको छ। चुनावमा नेसनल पार्टीले २९.२१ प्रतिशत र लेबर पार्टीले २९.३६ प्रतिशत पार्टी मत पाएका छन्। प्रारम्भिक नतिजाअनुसार नेसनलले ४२ र लेबरले ३६ सिट जितेका छन्। त्यस्तै, दक्षिणपन्थी लिबर्टेरियन एक्ट पार्टीले १३ र न्युजिल्यान्ड फर्स्टले १२ सिट जितेका छन्।
More politics
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांकNepal Khabar
- पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारी, अब आठ घण्टामात्रै काम लगाउन पाइनेNepal Khabar
- कांग्रेस महामन्त्री पौडेल भन्छन्– विधिको शासन हुन्थ्यो भने प्रधानमन्त्रीका सल्लाहकार अनुसन्धानको दायरामा हुन्थेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबुले रोशनसँग माफी मागे, पोस्ट डिलिट गर्न सहमतNepal Khabar