देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांक
Read the full story at Nepal Khabar

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर रुपमा गर्न लागेको १५औँ महाधिवेशनबाट शशांक कोइराला नै नेतृत्वमा आउने भएका छन्। आगामी मंसिर २१-२३ मा हुने महाधिवेशनमा शशांकलाई नै सभापति बनाएर जान देउवाले सिग्नल दिएका हुन्। १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक नै सभापति बन्ने सम्भावना उच्च रहेको देउवा पक्षीय एक नेताले नेपालखबरलाई बताए। 'शेरबहादुर दाइले शशांक कोइरालालाई नै सभापति बनाएर जानुपर्छ भन्नुभएको छ।
यो समूह नै शेरबहादुर देउवा समूहको हो। उहाँको चाहना बाहिरबाट नेतृत्व आउने अवस्था छैन' देउवा पक्षीय एक शीर्ष नेताले भने, 'उहाँलाई महाधिवेशन गराउन मात्रै जिम्मेवारी दिइएको होइन। उहाँ (देउवा)ले मलाई शशांक कोइरालालाई नै अगाडि बढाउनुपर्छ भन्नुभएको छ। ' नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला शशांकलाई सभापति बनाउन सकारात्मक रहेको ती नेताको भनाइ छ।
सिटौला १३औँ, सिंह र निधि १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी थिए। यस्तै, १४औँ महाधिवेशनमा देउवाका प्रतिद्वन्द्वी शेखर कोइरालाको पनि कार्यगत एकता देउवा समूहमै देखिन्छ। महाधिवेशन मूल आयोजक समितिको नेतृत्व लिन तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पछि हटेपछि देउवा पक्षले नेतृत्व लिन शेखरलाई प्रस्ताव पठाएको थियो। नेता रमेश लेखकमार्फत पठाइएको उक्त प्रस्तावमा शेखर सकारात्मक पनि थिए।
More politics
- Sugar supplies assured for Tihar, but LPG shortages persistKathmandu Post
- New Zealand preliminary vote leaves unclear who will governKathmandu Post
- Your guide to this week’s cultural events in Kathmandu ValleyKathmandu Post
- We’ve been best friends with dogs for thousands of years. Here’s how it beganKathmandu Post
- David Warner lifts TU as Kathmandu hand Lumbini their first defeat of the seasonKathmandu Post
- Rinku Thakur turned her fight against child marriage into a missionKathmandu Post