पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारी, अब आठ घण्टामात्रै काम लगाउन पाइने
Read the full story at Nepal Khabar

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले पशु कल्याणसम्बन्धी कानूनी व्यवस्था थप बलियो बनाउन छुट्टै पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव संकलन गरिरहेको बताएकी छन्। आइतबार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पशुपंक्षीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले नीतिगत तथा कानुनी व्यवस्था अघि बढाइरहेको जानकारी दिएकी हुन्। लामो समयदेखि पशु अधिकार र कल्याणका क्षेत्रमा छुट्टै कानूनको माग हुँदै आएको भन्दै उनले त्यसलाई सम्बोधन गर्न सरकार सक्रिय रहेको बताइन्।
मन्त्री चौधरीले नेपालको संविधानले समेत पशु कल्याणसम्बन्धी व्यवस्था गरेको र मुलुकी अपराध संहिता, २०७४ मार्फत पशुपंक्षीको संरक्षण, लापरवाहीपूर्वक पालन, बेवारिसे रूपमा छोड्ने कार्य तथा निर्दयी व्यवहार नियन्त्रण गर्ने प्रावधान रहेको उल्लेख गरिन्। सोही कानूनअनुसार पशुमाथि हुने क्रुरतामा दण्ड तथा सजायको व्यवस्था गरिएको उनको भनाइ छ। त्यस्तै, पशु कल्याण निर्देशिका, २०७३ ले पशु कल्याणका लागि स्पष्ट मार्गनिर्देशन गरेको उनले बताइन्।
निर्देशिकाले पशु ढुवानीका क्रममा हुने क्रूरता निषेध गर्नुका साथै कामदार पशुलाई दैनिक बढीमा आठ घण्टा मात्रै काममा लगाउन पाउने र सातामा कम्तीमा एक दिन विश्राम दिनुपर्ने व्यवस्था गरेको छ।
More politics
- Sugar supplies assured for Tihar, but LPG shortages persistKathmandu Post
- New Zealand preliminary vote leaves unclear who will governKathmandu Post
- Your guide to this week’s cultural events in Kathmandu ValleyKathmandu Post
- We’ve been best friends with dogs for thousands of years. Here’s how it beganKathmandu Post
- David Warner lifts TU as Kathmandu hand Lumbini their first defeat of the seasonKathmandu Post
- Rinku Thakur turned her fight against child marriage into a missionKathmandu Post