Skip to main content
राजनीतिNagarik News

जनार्दनले भने- मैले देशलाई वर्षौं लामो अन्धकारबाट मुक्त गरेँ

Read the full story at Nagarik News

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आफूले नै मुलुकलाई वर्षौँ लामो अन्धकारबाट मुक्त गरी उज्यालोतर्फ डोर्‍याएको बताएका छन्। उज्यालो नेपाल अभियानको १० वर्ष पूरा भएको अवसरमा लक्ष्मीपूजाका दिन सामाजिक संजाल मार्फत् उनले १८ घण्टे लोडसेडिङ अन्त्यको स्मरण गरेका हुन्।

सामाजिक सञ्जालमा विगतका अन्तर्वार्ता समेटिएको भिडियो राख्दै पूर्वऊर्जामन्त्री शर्माले लेखेका छन्, ‘हाम्रो देशलाई वर्षौं लामो अन्धकारबाट मुक्त गरी उज्यालोतर्फ डोर्‍याएको १० वर्ष पूरा भएको सुखद अवसरमा यो अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण नेपालीहरूका साथै मेरो सहयोगी टोलीका साथीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’ मन्त्री पदको शपथ लिँदै गर्दा आफूले देशलाई लोडसेडिङमुक्त बनाउने भित्री संकल्प लिएको उनले सम्झिएका छन्। पदभार सम्हालेको एक साताभित्रै सार्वजनिक गरेको ३७ बुँदे कार्ययोजनाको पहिलो बुँदामै काठमाडौंलाई ‘शून्य घण्टा लोडसेडिङ’ बनाउने लक्ष्य तय गरेर आफूले काम सुरु गरेको उनको भनाइ छ।