Skip to main content
राजनीतिRatopati

डीआरएसको निर्णयमा असन्तुष्ट कुशल : स्टम्पमा ब्याट हाने, डगआउट पुगेर पनि फाले ब्याट

Read the full story at Ratopati

डीआरएसको निर्णयमा असन्तुष्ट कुशल : स्टम्पमा ब्याट हाने, डगआउट पुगेर पनि फाले ब्याट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा डीआरएस (डीसीजन रिभ्यु सिस्टम) को निर्णयप्रति असन्तुष्टि जनाउँदै चितवन राईनाेजका कुशल मल्लले मैदानमै आफ्नो आक्रोश पोखेका छन् । शुक्रबार जनकपुर बाेल्ट्ससँगकाे खेलमा आउट भएको निर्णय आएपछि असन्तुष्ट देखिएका कुशल मैदानबाट बाहिरिने क्रममा नन स्ट्राइकर एन्डको स्टम्पमा ब्याटले हानेका थिए ।

त्यसपछि उनी डगआउट पुगे पनि उनको आक्रोश रोकिएन । उनले डगआउटमा पुगेपछि समेत ब्याट फालिदिएका थिए । डीआरएसमार्फत आफ्नो विकेट गएको निर्णय आएपछि कुशल निराश देखिएका थिए ।

निर्णयप्रति असहमति जनाउँदै उनले देखाएको यस्तो व्यवहारले मैदानमा केहीबेर सबैको ध्यान खिचेको थियो ।