Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शव

Read the full story at Nepal Khabar

भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शव

मृतकका परिवार र सरकारबीच राहत, क्षतिपूर्ति तथा पीडित परिवारको पुनःस्थापनाका विषयमा सहमति जुटेपछि शव बुझाउने प्रक्रिया टुंगिएको हो। दुर्घटनामा मृत्यु भएका चालक रवीशंकरकुमार मण्डलको शव परिवारले बिहीबार नै बुझेर लगेका थिए। बाँकी १३ जनाको शव भने पोस्टमार्टमपछि शुक्रबार साँझ आफन्तले बुझेर लगेका हुन्।

पीडित पक्षसँग भएको सहमतिमा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने, अभिभावक गुमाएका बालबालिकाको संरक्षण तथा सहयोग गर्ने र पीडित परिवारका सदस्यलाई सरकारले रोजगारीको व्यवस्था गर्ने विषय समेटिएको छ। सहमतिपछि पोस्टमार्टम तथा शव बुझ्ने प्रक्रिया अघि बढेको थियो। दुर्घटनामा मृत्यु भएका चालकसहित १४ जनामध्ये चालक रवीशंकरकुमार मण्डलबाहेक सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरटोलका थिए।

छठ पर्व मनाउन घर फर्किंदै गरेका एउटै टोलका आफन्त र साथीभाइ दुर्घटनामा परेका थिए। मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीस्थित भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्डमा बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको विद्युतीय हाइस सडकबाट करिब पाँच सय मिटर तल खोल्सामा खसेको थियो।