धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ
Read the full story at Onlinekhabar (Nepali)

२४ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ९ लिसिम्बुमा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गत राति अर्थात् सोमबार राति स्थानीय विष्णु घिसिङको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट ठूलो कौडा १४ वटा र सानो कौडा १६ वटा बरामद गरेको छ । त्यसैगरी, जुवाको खालबाट नगद ४ हजार रुपैयाँ र पक्राउ परेका सात जनाको साथबाट १ लाख ७ हजार ३ सय १५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले कुल १ लाख ११ हजार ३ सय १५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका वडा नं. ९ का ५५ वर्षीय विष्णु घिसिङ, ३४ वर्षीय अरुण घिसिङ, ३९ वर्षीय रमेश घिसिङ, ३४ वर्षीय लिलबहादुर मगर, ४४ वर्षीय लक्ष्मीकुमार मगर, २६ वर्षीय जसमान तामाङ र ४८ वर्षीय वीरबहादुर घिसिङ रहेका छन् ।
More sports
- तिहारमा रातभर देउसी भैलो खेल्न पाइनेNepal Khabar
- पाकिस्तानी टीभी प्रस्तोता गोली लागेको अवस्थामा घरभित्रै मृत भेटिइन्, पति पक्राउNepal Khabar
- भारतसँग यू-१९ महिला टी-२० सिरिज खेल्न सोनी पाख्रिनको कप्तानीमा टोली घोषणाNepal Khabar
- नेपालले आज पाकिस्तानसँग खेल्दैThaha Khabar
- सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणाNagarik News
- Kane and Bellingham air strong views in England World Cup reviewBBC