Skip to main content
खेलकुदNagarik News

सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

Read the full story at Nagarik News

सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले भारतसँग खेल्ने नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ। आगामी नोभेम्बर १२ देखि २२ सम्म भारतको बेंगलुरुमा सञ्चालन हुने नेपाल–भारत यू–१९ महिला टी–२० शृंखलाका लागि क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका साह, अन्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आशिका कुमारी महरा, आस्रा चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा रहेका छन्। नेपाल यू–१९ महिला क्रिकेट टोली १. सोनी पाख्रिन (कप्तान) २. रचना कुमारी चौधरी ३. रिया शर्मा ४.

प्रिन्सा राना मगर ५. टिका साह ६. अन्जिला पाठक ७. साक्षी यादव ८. सावित्री धामी ९. मनीषा चौधरी १०. आशिका कुमारी महरा ११.

आस्रा चौधरी १२. प्रथा श्रेष्ठ १३. ज्योत्स्निका मरासिनी १४. पूर्णिमा राजवंशी १५. तिर्सना विश्वकर्मा नोभेम्बर १२ देखि २२ सम्म सञ्चालन हुने शृंखलाले नेपाली युवा महिला क्रिकेटरलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव दिलाउने अवसर प्रदान गर्नेछ।