प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?
Read the full story at Onlinekhabar (Nepali)

आगामी मंसिर दोस्रो साता प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणमा जाँदै छन् । शाहको भ्रमणमा पनि नेपालीले क्यूआर मार्फत भारतमा भुक्तानी गर्न सक्ने व्यवस्था हुने यकिन छैन । २७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण क्रममा दुई देशबीच क्यूआर भुक्तानी सेवा सुरु गर्ने सम्झौता भएको थियो । १८ जेठ २०८० मा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच दुई कम्पनीको ‘सिस्टम कनेक्ट’ गरी क्रसबोर्डर डिजिटल भुक्तानी सुरु गर्ने सम्झौता भएको थियो । आगामी मंसिर दोस्रो साता प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणमा जाँदै छन् । शाहको भ्रमणमा पनि नेपालीले क्यूआर मार्फत भारतमा भुक्तानी गर्न सक्ने व्यवस्था हुने यकिन छैन ।
प्रधानमन्त्री भारत भ्रमणमा जाने विषयमा नेपाल राष्ट्र बैंक र एनसीएचएललाई अन्तरदेशीय भुक्तानीका सम्बन्धमा सुझाव मागिएको छैन । सम्बन्धित निकायहरूबाट नै सुझाव माग नभएपछि प्रधानमन्त्री शाहको भ्रमणमा पनि नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्ने बाटो खुल्ने निश्चित नभएको हो ।
More politics
- स्थानीय सरकारलाई पनि राष्ट्रिय परिचयपत्र प्रणालीमा जोड्ने तयारीNepal Khabar
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar