कांग्रेस महामन्त्री उदय शमशेर राणाले भने- सरकार तानाशाही भयो, हामी टुलुटुलु हेरेर बस्दैनौं
Read the full story at Bizmandu
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले प्रतिशोधपूर्ण कदम चालेर पार्टी सभापति गगन थापालाई पक्राउ गरे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्। नेपाली कांग्रेसले ललितपुरको बज्रबाराहीमा बिहीबार गरेको कार्यक्रममा महामन्त्री राणाले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारविपरीत रहेको आरोप लगाए।
उनले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गर्दै सरकारले प्रतिशोधपूर्ण कदम चाले त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिए। ‘सभापति गगन थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ राणाले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौं।’ आफूलाई मन नपरेका व्यक्ति, राजनीतिक नेता, व्यवसायी तथा कर्मचारीमाथि कानुनी प्रक्रिया मिचेर धरपकड गर्न खोजिएको र त्यसका लागि प्रहरी नेतृत्वलाई प्रयोग गर्न खोजिएको उनको दाबी छ। ‘गैरकानुनी पक्राउ गर्न नमानेपछि आइजीपी हटाइयो,’ महामन्त्री राणाले भने।
सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजिनु लोकतान्त्रिक व्यवस्था र विधिको शासनका लागि गम्भीर भएको उनको भनाइ छ।
More politics
- एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्नुपर्छ: मन्त्री मेहताNepal Khabar
- आईक्यापको स्ट्यान्डिङ कमिटीमा नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी निर्वाचितNepal Khabar
- सवारी दुर्घटना: १४ जनाको मृत्यु, १४७ घाइतेNepal Khabar
- आईक्याप सम्मेलनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विनोद चौधरीको सम्बोधनNepal Khabar
- जनकपुरले पायो १५० रनको सामान्य लक्ष्यNepal Khabar
- ट्रम्पको रिपब्लिकन पार्टीको लज्जास्पद हारका पाँच कारणNepal Khabar