Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

आईक्यापको स्ट्यान्डिङ कमिटीमा नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी निर्वाचित

Read the full story at Nepal Khabar

आईक्यापको स्ट्यान्डिङ कमिटीमा नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी निर्वाचित

नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन्। एसियाका विभिन्न मुलुकका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी महासभाबाट चौधरीको निर्वाचनले क्षेत्रीय राजनीतिक संवाद तथा सहकार्यमा नेपालको सहभागितालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

आईक्याप एसियाका विभिन्न राजनीतिक विचारधारा र पृष्ठभूमिका राजनीतिक दलहरूबीच संवाद, सहकार्य र आपसी समझदारी प्रवर्द्धन गर्ने क्षेत्रीय मञ्च हो। यसको स्ट्यान्डिङ कमिटीले संस्थाका गतिविधि सञ्चालन, नीति तथा कार्यक्रमको समन्वय र भावी कार्यदिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

स्ट्यान्डिङ कमिटीमा भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिद, मलेसियाका व्यापार तथा जीवनयापन लागतसम्बन्धी उपमन्त्री डा. फुजिया सल्लेह, श्रीलंकाका यातायात, राजमार्ग तथा सहरी विकासमन्त्री एवं संसद्का नेता बिमल रत्नायके र जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीकी अन्तर्राष्ट्रिय विभाग निर्देशक तथा हाउस अफ काउन्सिलर्सकी सदस्य माइको ताजिमालगायत एसियाका विभिन्न देशका वरिष्ठ राजनीतिक व्यक्तित्वहरू रहेका छन्।