जनकपुरले पायो १५० रनको सामान्य लक्ष्य
Read the full story at Nepal Khabar

साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि जनकपुर बोल्ट्ससामु १ सय ५० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको हो। कप्तान रोहित पौडेलले बनाएको ३४ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो।
उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दा अविशेक तिवारीको बलमा ललितको हातबाट क्याच आउट भए। आशिफ शेख २१ रन बनाउँदा हरमित सिंहको बलमा एलबीडब्लु धरापमा परे। डार्सी सर्ट शुन्य रनमा नै पेभेलियन फर्के।
सन्दीप जोराले ९ र समिम होसैनले १ रन थपे। जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यादवले समान २ विकेट लिए। ललित राजवंशी, अविशेक तिवारी र हरमित सिंहको नाममा समान एक विकेट रह्यो।
More politics
- Is this government governing, or just putting on a show?Kathmandu Post
- The Sapkota scandal is not really about SapkotaKathmandu Post
- New bridge connects communities separated by Lalbakaiya riverKathmandu Post
- Mothers remain at risk even in tertiary hospitalsKathmandu Post
- Police summon Congress leader Ajaya Babu ShiwakotiKathmandu Post
- Republicans call for Trump to change course after midterm drubbingKathmandu Post