Skip to main content
राजनीतिNepal Khabar

सवारी दुर्घटना: १४ जनाको मृत्यु, १४७ घाइते

Read the full story at Nepal Khabar

सवारी दुर्घटना: १४ जनाको मृत्यु, १४७ घाइते

गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ४७ जना घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर झापा, उदयपुर, सुनसरी, रौतहट, चितवन, कास्की, कपिलवस्तु, दाङ, रुपन्देही, बझाङ, कञ्चनपुर र बैतडीमा गरेर १४ जनाको मृत्यु भएको हो। त्यसैगरी बागमती प्रदेशका बाँकी जिल्लामा ८ जना, गण्डकीमा ५, कर्णालीमा २, सुदूरपश्चिममा २५, लुम्बिनीमा २६, मधेसमा ४६ र कोसी प्रदेशमा २५ जना घाइते भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।