Skip to main content
राजनीतिNepal Khabar

हङकङमा सम्पन्न हाइसन दौडमा सन्तोष बने दोस्रो

Read the full story at Nepal Khabar

हङकङमा सम्पन्न हाइसन दौडमा सन्तोष बने दोस्रो

हङकङमा सम्पन्न 'हाइसन आइल्यान्ड हाइक एन्ड रन २०२६' प्रतियोगितामा हङकङवासी डिफेन्डिङ च्याम्पियन सन्तोष तामाङ ३ मिनेटपछि पर्दा दोस्रो स्थान सुरक्षित गरेका छन्। उनले २३ किमिको निर्धारित दूरी २ घण्टा १७ मिनेट ४३ सेकेन्ड मा पूरा गरी दोस्रो बने। हङकङका येङ हो यिन ले ०२:१४:१३ मा पूरा गरी प्रथम बने भने हङकङकै चान चिङ सिङ ले ०२:२१:३९ मा पूरा गरि तेस्रो बने। तामाङले गत वर्ष यही प्रतियोगिता ०२:०६:५७ मा पूरा गरि प्रथम भएका थिए। तामाङले हङकङ नेप्लिज उल्ट्रा ट्रैल रनिङ एसोसिएसन (एचकेन्युट्रा) को प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएका थिए।

उनी उक्त संस्थाको सद्भावनादूत पनि हुन्। उनी करिब एक दशकको विश्रामपछि गतवर्षबाट दौडमा फर्केका हुन्। दशक अगाडि नेपालबाट आएका धावकहरूको बर्चस्व हुने गर्थ्यो। हङकङका स्थानीय नेपाली धावकहरूको प्रतिनिधित्व गर्ने तामाङ मात्रै एक थिए। त्यसैले उनले 'लोकल हिरो' को उपमा पाएका थिए।

दौडपश्चात् प्रतिक्रिया दिँदै तामाङले नेपालखबरसँग भने 'जीवन सधैँ सरल रेखामा नदौडिने रहेछ। पारिवारिक जिम्मेवारी, कामको बोझ र परदेशको बाध्यताले बिजुली बत्तीको स्विच भएर अचानक निभेजस्तै सफलता हात पारिरहेको बेला दौडबाटै बिदा लिए। अर्थात् थन्किएको जुत्ताको लेस कसिएको छ,फेरि त्यही पुरानो शैली फेरिएको छ। बिछोडिएको पहाड पाखा, उकालो ओरालोसँग पुनर्मिलन भएको छ। फेरि त्यही पसिना बगाउन सुरु गरेका छन्।