२१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ: प्रदीप ज्ञवाली
Read the full story at Nepal Khabar

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समाजवाद २१औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वास्तविक विकल्प हुन सक्ने बताएका छन्। साइप्रस कम्युनिस्ट पार्टी (एकेल)को स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले समकालीन पुँजीवादले सिर्जना गरेको असमानता, गरिबी र सामाजिक विभाजनको अन्त्यका लागि समाजवादी विकल्प आवश्यक रहेको बताएका हुन्।
उनले विश्वमा सम्पत्ति, वैज्ञानिक ज्ञान र उत्पादन क्षमता अभूतपूर्व रूपमा बढे पनि त्यसको लाभ सीमित धनाढ्य वर्गमा केन्द्रित भएको उल्लेख गरे। करिब एक अर्ब मानिस चरम गरिबीमा रहनु, श्रमिकले रोजगारीको असुरक्षा र न्यून ज्यालाको सामना गर्नु तथा शिक्षा, स्वास्थ्य र आवासजस्ता आधारभूत आवश्यकता बजारको वस्तु बन्नु पुँजीवादी व्यवस्थाका गम्भीर समस्या भएको उनको भनाइ थियो।
ज्ञवालीले अन्तर्राष्ट्रिय सम्बन्धमा शक्ति प्रयोग र प्रभुत्वभन्दा अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमसत्ता र संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। शान्ति शक्तिशाली राष्ट्रहरूको विशेषाधिकार नभई सबै राष्ट्रको मौलिक अधिकार भएको उनले बताए।
More politics
- Sugar supplies assured for Tihar, but LPG shortages persistKathmandu Post
- New Zealand preliminary vote leaves unclear who will governKathmandu Post
- Your guide to this week’s cultural events in Kathmandu ValleyKathmandu Post
- We’ve been best friends with dogs for thousands of years. Here’s how it beganKathmandu Post
- David Warner lifts TU as Kathmandu hand Lumbini their first defeat of the seasonKathmandu Post
- Rinku Thakur turned her fight against child marriage into a missionKathmandu Post