Skip to main content
राजनीतिBizmandu

प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखलाई बोलाएर भने- नागरिकको सुरक्षामा कमजोरी नहोस्

Read the full story at Bizmandu

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्। बालेनले बिहीबार अपराह्न प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा.

मनोज कुमार केसी र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्तिसुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन्। बालेनले देशको सुरक्षालाई थप सुदृढ पार्नका लागि सेना, प्रहरी र सशस्त्रबीचको समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति सुरक्षाको व्यवस्थालाई थप चुस्त बनाउन निर्देशन दिए।

The post प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखलाई बोलाएर भने- नागरिकको सुरक्षामा कमजोरी नहोस् appeared first on BIZMANDU .