Skip to main content
राजनीतिNepal Khabar

राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना

Read the full story at Nepal Khabar

राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले सम्यक महादानलाई धर्म, संस्कृति र परम्पराको विशिष्ट महत्त्व बोकेको पवित्र कार्यका रूपमा व्याख्या गरेका छन्। बिहीबार शीतलनिवासमा काठमाडौं महानगरपालिका सम्यक महादान मूल समारोह समितिले आयोजना गरेको सम्यक महादानको निमन्त्रणा कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले विश्वशान्ति तथा देश र जनताको हित एवं कल्याणका लागि गरिने यस्तो कार्यको प्रशंसा गरे।

उनले सम्यक महादानजस्तो पुनीत कार्य आयोजना गर्न लागेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै कार्यक्रमको निमन्त्रणा सहर्ष स्वीकार गरेको बताए। उनले भने, 'हाम्रो धर्म, संस्कृति, परम्परा, सम्यक महादानको महिमा विशिष्ट खालको छ।

यो पुनीत कार्यको सफलताको शुभकामना पनि व्यक्त गर्दछु। '